सुचना, समाचार र मनोरन्जन

राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा टीका ग्रहण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज विजया दशमीको अवसरमा शुभ साइतमा नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा ग्रहण गरेका छन्।

 

राष्ट्रपति पौडेलले आज बिहान ११:५३ बजेको शुभ साइतमा पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट टीका र जमरा ग्रहण गरेका हुन्।

 

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा टीका ग्रहण गरेको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।

 

विजया दशमीको यस अवसरमा राष्ट्रपतिले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको कामना गरेका छन्।

Leave A Reply

Your email address will not be published.