सुचना, समाचार र मनोरन्जन

तिहारमा मौसम सफा रहने

काठमाडौँ/

अहिले देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बदली रही वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको उनले बताए ।

मौसमविद् अधिकारीले पश्चिमी वायुको प्रभावले दुई दिन मौसम प्रतिकूल रहे पनि तिहारको समयमा सामान्यतया सफा रहने उल्लेख गरे । उनले भने, ‘पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशमा भोलिसम्म हल्का बादल लाग्ने देखिन्छ । त्यसपछि मौसम राम्रै रहने देखिन्छ । अहिले कुनै ठूलो मौसमी प्रणाली भित्रिने सम्भावना नभएकाले तिहारमा मौसम सामान्यतया सफा रहनेछ ।’

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहेको जनाइएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तापक्रम घट्दैः चिसो बढ्दै

पछिल्ला दिनमा क्रमिक रूपमा तापक्रम घट्दै गएकाले आउँदा दिनमा चिसो बढ्दै जाने महाशाखाले पूर्वानुमान गरेको छ । ‘तापक्रम क्रमिक रूपमा घट्दै गएको छ । चिसो बढिरहेको छ’, मौसमविद् अधिकारीले भन्नुभयो ।

तापक्रम अझै घट्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज काठमाण्डौको अधिकतम तापक्रम २३ र न्यूनतम तापक्रम नौ डिग्री सेल्सियस रहेको छ ।

Leave A Reply

Your email address will not be published.