सुचना, समाचार र मनोरन्जन

अनुदान पाएपछि व्यावसायिक तरकारीखेती

 

भोजपुर : वडाकार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका–३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन् ।

 

उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन् । वडाबाट सहयोग भएकाले खेतीमा जुटेको स्थानीय किसान राजबहादुर राईले बताए ।

 

“चार वर्षदेखि सागसब्जी लगाउँदै छु । वडाबाट सहयोग पाएपछि खेतीमा लाग्न प्रोत्साहन मिलेको छ ”, वडाबाट अनुदान,तालिम र प्राविधिक सहयोग पाएको जानकारी दिँदैं उनले भने ।

 

किसानलाई अझ प्रोत्साहन गर्न उपकरणसमेत प्रदान गर्ने सोचमा आफू रहेको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । किसानलाई आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था गरिएको उनको कथन छ ।

Leave A Reply

Your email address will not be published.