सुचना, समाचार र मनोरन्जन

इजरायल–प्यालेस्टाइन द्वन्द्वमा ६० हजारभन्दा बढी बालबालिका प्रत्यक्ष प्रभावित

 

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएको दुई वर्षको अवधिमा करिब ६१ हजार बालबालिकाको मृत्यु भएको वा अपाङ्ग भएको जानकारी दिएको छ।

 

स्विट्जरल्यान्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले हरेक १७ मिनेटमा औसतमा एक बालक मृत्यु हुने वा घाइते हुने गरेको बताए।

 

पिरेसले यस तथ्यप्रति खेद व्यक्त गर्दै भने, ‘बच्चाहरू ‘शारीरिक र मानसिक’ रूपमा धेरै लामो समयदेखि पीडित छन् र आघातमा बाँचिरहेका छन।’

 

Chaka Panja

उनले थपे, ‘कुनै पनि बच्चाले कहिल्यै देख्नु नपर्ने डरलाग्दो अवस्थाको सामना गरिरहेका र अत्यधिक पीडाबीच बाँच्नुपरेको छ।’

 

उनले भने, ‘गाजामा प्रत्येक पाँच बच्चामध्ये एक समय नपुगीकन जन्मन्छ। यसरी जन्मने बच्चाहरूलाई जीवित रहनको लागि अक्सिजन मास्क आवश्यक पर्ने तर यस क्षेत्रमा उनीहरूको अस्तित्व सुनिश्चित गर्न आवश्यक पूर्वाधारको अभाव छ।

 

युनिसेफले गाजामा उसको टोलीहरू अझै पनि गाजा क्षेत्रकोे उत्तरबाट निकालिएका र समय नपुगी जन्मिएका बच्चाहरूको लागि इन्क्युबेटर र भेन्टिलेटर भित्राउनका लागि सकारात्मक सन्देशको पर्खाइमा छन्।

 

पाइरेसले भने, ‘हामीले अर्को स्वास्थ्य क्षेत्रमा बच्चाहरूलाई सारेर भएपनि सम्भव भएसम्म सुविधा दिएका छौँ। गाजाको सुरक्षा अवस्थाले यसका लागि पनि सहज वातावरण सुनिश्चित गर्दैन। हामीले इन्क्युबेटरहरू सार्न सकेका छैनौँ, यो अहिलेसम्म अस्वीकार गरिएको छ।’

Leave A Reply

Your email address will not be published.