सुचना, समाचार र मनोरन्जन

‘एलओडी क्लब’ सातौँ वर्षमा

 

काठमाडौं : ‘एलओडी क्लब’ले सातौँ वार्षिकोत्सव मनाउने भएको छ । क्लबले सातौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

एलओडी सञ्चालनमा आएको सात वर्ष पुगेको अवसरमा मंगलबार क्लबले विभिन्न कार्यक्रम गरेर मनाउने तयारी गरिरहेको एलओडी क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।

वार्षिकोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको पनि प्रस्तुती रहने उनले जानकारी दिए। क्लब स्थापना भएदेखि देशी तथा विदेशी कलाकारले प्रस्तुति दिइसकेका छन्।

‘हामीले क्लब स्थापना गरेर नेपाली सांगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएका छौं,’ उनले भने,’ यो स्थान कलाकारहरूका लागि केही गर्छु भन्ने मानिसका लागि एउटा प्लेटफर्म बनेको छ । यहाँ धेरै सांगीतिक समूहले अवसर पाएका छन् ।’

एलओडी क्लब सन् २०२२ मा ५२,२०२३ मा ४९, २०२४ मा ५० र २०२५ मा ४४ औँ स्थानमा परिसकेको छ। एलओडीमा भारतीय, टर्की, जर्मनी र इटालीका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिवुडका नेहा कक्कर, लक्की अली, अर्मन मल्लिक र इन्डियन आइडल पवनदीप लगायतका गायकहरूले शो गरिसकेका छन् । त्यसैगरी, टीम्मी ट्रमपेट, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.