सुचना, समाचार र मनोरन्जन

निर्वाचन मतगणनाः ९६ स्थानमा रास्वपा अगाडि

 

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज अपराह्न ५ बजेसम्म रास्वपाका उम्मेदवार ९६ स्थानमा, नेपाली कांग्रेसका उम्मेदवार ११ स्थानमा, नेकपा (एमाले) का उम्मेदवार १० स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार नौ स्थानमा अगाडि छन्।

त्यस्तै श्रम संस्कृति पार्टीका तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन्।

हालसम्म रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी हुनुभएको छ।

Leave A Reply

Your email address will not be published.