सुचना, समाचार र मनोरन्जन

इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिसहरू स्थानान्त्रण

तिव्र इजरायली आक्रमणका कारण एक लाख ३० हजार भन्दा बढी मानिसहरू लेबनानबाट सिरियामा प्रवेश को आप्रवासनका लागि संयुक्त राष्ट्रसङघीय सङ्गठन (आइओएम) ले जनाएको छ। सङ्गठनका अनुसार देशमा बढ्दो इजरायली आक्रमणको बिचमा मार्च देखि दश लाख भन्दा बढी मानिसहरू लेबनान भित्रै विस्थापित भएका छन्।

 

आइओएमका महानिर्देशक एमी पोपले निरन्तरको आक्रमणले कमजोर समुदायहरूमा धेरै  दबाब दिइरहेको र मानवीय सङ्कठहरू बढाइरहेको उल्लेख गरे।

 

उनले वर्तमान अवस्थाले आप्रवासनलाई उल्लेख्य असर गरेको बताउदै दबाब बढ्दै जाँदा मानवीय सङ्कट गहिरिदै गएको चेतावनी दिएको छ।

आप्रवासी र आन्तरिक रूपमा विस्थापित लगायत नागरिकहरूको सुरक्षा गर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण सम्मान गर्न जोड दिँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयमताका साथ  तत्काल समस्याको समाधान गर्न आह्वान गरे।

Leave A Reply

Your email address will not be published.