सुचना, समाचार र मनोरन्जन

अनुमतिविना यार्सागुम्बा संकलन गर्न गएका २५ जना प्रहरीको नियन्त्रणमा

 

काठमाडौं : अनुमतिविना यार्सागुम्बा संकलनका लागि गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

मुगुका विभिन्न पाटनमा यार्सागुम्बा संकलन गर्न गएका एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिइएको हो।

 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले भने, “अनुमतिविना पाटन वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ, उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ”।

 

मुगुम कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा संकलनसम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनमा सुरक्षा बढाइएको छ।

 

मुगुका दुई दर्जनभन्दा बढी वन तथा पाटनमा पाइने बहुमूल्य, बहुउपयोगी जडीबुटी यार्सागुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछामसहित मुलुकभर र भारतबाट संकलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्।

 

यार्सागुम्बा दुर्गमका जनताको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको छ। यहाँ जनता आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्सागुम्बा बिक्रीबाटै जुटाउने गर्दछन्।

Leave A Reply

Your email address will not be published.