सुचना, समाचार र मनोरन्जन

फिलिपिन्सको हिरासतमा रहेका ६४ जना चिनियाँ नागरिक रिहा : चिनियाँ दूतावास

 

फिलिपिन्सका अधिकारीहरूले हिरासतमा लिएका ६४ जना चिनियाँ नागरिकलाई बिहीबार रिहा गरिइएको फिलिपिन्स स्थित चिनियाँ दूतावासले जनाएको छ। अन्य छ जनाको रिहाइ प्रक्रिया भइरहेको र छिटै रिहा गर्ने उल्लेख गर्दै दूतावासले विज्ञप्ति जारी गरेको छ।

 

दक्षिणी फिलिपिन्सको मिसामिस ओरिएन्टल प्रान्तको “स्टिल प्लान्ट” मा काम गरिरहेका चिनियाँ नागरिकलाई मे –१५ मा फिलिपिन्सका कानून अधिकारीहरूले हिरासतमा लिएका थिए।

 

Pach Pandav

फिलिपिन्सको न्यायलयले  चिनियाँ नागरिकहरूले फिलिपिन्सको आणविक सुरक्षा ऐन, अध्यागमन ऐन र श्रम संहिता उल्लङ्घन गरेको प्रमाणीत हुने अपर्याप्त प्रमाण नभएको उल्लेख गर्दै उनीहरूलाई रिहा गर्न आदेश दिएको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।

 

चिनियाँ दूतावासले यो विषयलाई विशेष महत्वका साथ लिएको बताएको छ। यसले फिलिपिन्सका सम्बन्धित अधिकारीहरूसँग निष्पक्ष, द्रुत र कानुनी समाधान तथा चिनियाँ नागरिकको अधिकारको पूर्ण संरक्षणको माग गरेको जनाइएको छ।

 

दूतावासले फिलिपिन्समा चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षा तथा अधिकारको रक्षा जारी राख्ने प्रतिवद्धता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई कानून र नियमहरूको कडाईका साथ पालना गर्न सुझाव दिएको छ।

Leave A Reply

Your email address will not be published.