सुचना, समाचार र मनोरन्जन

उद्धारका लागि परराष्ट्रमन्त्री पनि गए इजरायलतर्फ

काठमाडौँ/

इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको थियो तर उनी बिहान तीन बजेपछि मात्रै त्यहाँका लागि उडेका छन् ।

Gokarna Karki

चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उनी जाने टुंगो थिएन । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कविहीन छन् ।

तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले सुरक्षित स्थानमा सारेको छ । तेल अबिबस्थित नेपाली दूतावासका अनुसार करिब ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन् ।

Leave A Reply

Your email address will not be published.