उत्तर कोरियाले मङ्गलबार टाइफुन बावी नजिकिँदै गर्दा भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरिएको छ भने उत्तरकोरियाली नेता किम जोङले क्षति रोक्न “अधिकतम सतर्कता“ अपनाउन आग्रह गर्नु भएको छ ।
प्राकृतिक प्रकोपहरूले उत्तर कोरियाको पूर्वाधार तथा अर्थतन्त्रका अत्यधिक प्रभाव पार्ने गरेको जनाइएको छ ।
प्योङयाङको सरकारी रोडोङ सिनमुन अखबारका अनुसार मङ्गलबार र बुधवारको बीचमा पहेंँलो सागर हुँदै देशको मध्य क्षेत्र पार गर्नु अघि टाइफुन कमजोर भएर कम चापको प्रणालीमा परिणत हुने अपेक्षा गरिएको छ ।
उत्तर कोरियाको मौसम विज्ञान विभागले भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरेको जनाइएको छ ।
उत्तरकोरियाका अधिकारी तथा श्रमिकहरुलाई यो समयमा “अधिकतम सतर्क रहन र क्षति कम गर्न आवाश्यक कदम चाल्न आग्रह गरिएको किमलाई उद्धृत गर्दै विभागले जनाएको छ ।
यसैबीच मङ्गलबार उत्तरकोरियाको उत्तरी र मध्य क्षेत्रका केही भागहरूमा ८०–१२० मिलिमिटर ३०–६० मिलिमिटर प्रति घण्टाको दरमा वर्षा हुने पूर्वानुमान गरिएको जनाइएको छ ।
दक्षिणी क्षेत्रहरूमा १५०–२०० मिलिमिटर वर्षाका साथै पश्चिमी तट र केही भित्री क्षेत्रहरूमा १०–१५ मिटर प्रति सेकेन्डको दरमा हावा आउने अनुमान गरिएको छ ।
यसैबीच उत्तर कोरियाले विपद् रोकथाम प्रयासहरू उच्च बनाएको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले अस अघिनै रिपोर्ट गरेको थियो ।
पछिल्लो समयमा दक्षिण कोरियामा आएको भारी वर्षाले केही क्षेत्रमा २०० मिलिमिटर सम्म माटो बगाएको जनाइएको छ ।
मध्य चुङचेओङ प्रान्तका सयौँ बासिन्दाहरूले प्रभावित क्षेत्र खाली गरेको जनाएका छन् ।
केबिएसका अनुसार ग्योंगसाङको दक्षिणी क्षेत्रमा उच्च बहावको नदीले बगाउदा एक जना व्यक्ति बेपत्ता भएको बताइएको छ ।
सियोलको मौसम विज्ञान विभागले मङ्गलबार देखि बुधवार सम्म देश भरि वर्षाको पूर्वानुमान गर्दै मध्य क्षेत्र र दक्षिणी प्रान्त जियोल्लामा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
वैज्ञानिकहरूले मानवीय क्रियाकलापका कारण भएको जलवायु परिवर्तनले चरम मौसमी जोखिमलाई बारम्बार, निम्त्याउने गरेको जनाएका छन् ।
गत वर्षको गर्मी दक्षिण कोरियाको रेकर्डमा सबै भन्दा तातो थियो, भने दुवै कोरियाहरूले आफ्नो सबै भन्दा तातो समय गत जुन महिनामा रेकर्ड गरेको जनाइएको छ ।
यस वर्षको एल निनोको पुनरागमन, एसियाका केही भागहरूमा गर्मी, खडेरी र भारी वर्षासँग जोडिएको प्राकृतिक ढाँचाले जोखिम बढाएको जनाइएको छ ।