सुचना, समाचार र मनोरन्जन

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

 

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गरेका छन्।

 

उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोका अनुसार २५ जना यात्रु र सात जना चालक दलका सदस्य सवार रहेको उक्त सैन्य विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको नौसैनिक आधार नजिक दुर्घटनाग्रस्त भएको हो।

 

Pach Pandav

राष्ट्रपति टिनुबुले जारी गर्नुभएको छुट्टै विज्ञप्तिमा यो सशस्त्र बल तथा सम्पूर्ण राष्ट्रका लागि अत्यन्तै दुःखद् क्षण भएको बताएका छन्। उनले दुर्घटनामा ज्यान गुमाएका वायुसेनाका सदस्यहरूको बलिदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरे।

 

नाइजेरियाली वायुसेनाका अनुसार सुरुमा हेलिकोप्टर भएको अनुमान गरिएको उक्त विमान दुई इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ। उक्त विमान दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ नियमित उडानमा रहेका बेला दुर्घटनामा परेको हो।

 

राष्ट्रपति टिनुबुले दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरेकोमा वायुसेनाको प्रशंसा गरे।

Leave A Reply

Your email address will not be published.