सुचना, समाचार र मनोरन्जन

भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ। साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना,  धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा  पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ। गोखरामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ।

प्रहरीका अनुसार चितवनमा १५ महिला, १९ पुरुष, २ जना बालिका,  चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ। त्यसैगरी तनहुँमा एक महिला, ६ पुरुष, एक बालिका, एक बालकको शव भेटिएको छ। नवलपरासी पूर्वमा ६ महिला, १५  पुरुष, ४ बालिका, एक बालक र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ।

Leave A Reply

Your email address will not be published.