सुचना, समाचार र मनोरन्जन

‘कोको म्हेन्दो’मा निमा र अन्जुको आवाज

काठमाडौं :

निमा पाख्रिन लामा र अन्जु थोकरको आवाजमा नयाँ गीत ‘कोको म्हेन्दो’ सार्वजनिक भएको छ। पृथ्वी लामाको शब्द रचना रहेको यस ल्होछार गीतमा सानुबाबु घिसिङको संगीत तथा संगीत संयोजन रहेको छ।

Pach Pandav

असाध्यै राम्रो रहेको गीतमा तामाङ समुदायको नयाँ वर्षको पावन अवसरमा गीतको लिरिकल भिडियो रिलिज गरिएको गायक लामाले बताए । उनले भने,‘मेरो पहिलो तामाङ भाषाको बिल्कुल नयाँ गीत स्रोतामाझ लिएर आएको छु। सायद दर्शकले मन पराइदिनुहुन्छ होला भन्ने अपेक्षा राखेको छु।’

उनले गीतको लिरिकल भिडियो मात्र युटुबमा राखेका हुन्। अर्का भिडियो छिट्टै निर्माण गर्ने उनको भनाई छ।

Leave A Reply

Your email address will not be published.