सुचना, समाचार र मनोरन्जन

‘भकारी बुन्ने’कुरा गर्दै आए रश्मि र निमा

काठमाडौं :

नेपाली तथा तामाङ सेलोका चर्चित गायिका रश्मि बम्जन र निमा पाख्रिन लामाले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। उनीहरुले युटुबमार्फत ‘भकारी बुन्ने’ बोलको गीतको भिडियो सहित सार्वजनिक गरेका हुन्।

गायिकाको आफ्नै च्यानल मार्फत सार्वजनिक गरेकी छन्। गाउँवस्तीको सुन्दर दृश्य कैद गरिएको भिडियोमा देखिएका कलाकारहरु पनि गाउँले पहिरनमा सजिएका कारण भिडियोमा गाउँले जनजीवन प्रष्ट झल्केको देख्न सकिन्छ।

शब्द जिवन बोम्जन, सङ्गीत प्रकाश लामा वाइबाको रहेकोे गीतको भिडियोमा प्रतिक ङ्यस्योर र रिया लामा लगायतका कलाकारले अभिनय गरेका छन् भने कोरियोग्राफी लक्पा दोर्जे लामा, निर्देशन प्रतिक ङ्यस्योरको रहेकोछ।

Leave A Reply

Your email address will not be published.