सुचना, समाचार र मनोरन्जन

कृष्णको गीत ‘निरमाया’मा प्रियङ्का र सलिनासँग आशीर्वादको ‘डबल रोमान्स’

काठमाडौं :

गायक कृष्ण बिकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन्। यस गीतमा बिकले गायिका स्मिता दाहालसँग युगल स्वर दिएका छन्। प्रेमिल भावको यस गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ।

वर्षमा २ वटा मात्र गीत सार्वजनिक गर्ने गायक कृष्ण बिकले आफूले सङ्ख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिने गरेको बताए। “हप्तैपिच्छे नयाँ गीत बजारमा ल्याउन पनि सकिन्छ होला तर, त्यसले मैले श्रोता दर्शकलाई दिन खोजेको गुणस्तरको गीत तयार गर्न भने सक्दिन। मैले यो गीत पनि सङ्ख्या बढाउने मात्र नभई गुणस्तरलाई ख्याल गरी अघिल्लो गीत देखि ६ महिना यता मात्र सार्वजनिक गरेको हुँ,” बिकले बताए। उनले यसअघि ‘हजुर मुसुक्कै’, ‘यानी माया रानी माया’, ‘रातो टिकी’ लगायतका गीत सार्वजनिक गरेका थिए।

Chaka Panja

गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्की, अभिनेता आशीर्वाद क्षेत्री र सलिना खत्रीले अभिनय गरेका छन्।‘नाइँ नभन्नु ल ६’ चलचित्रबाट एक्सन अभिनेताको रूपमा आएका क्षेत्रीले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका हुन्। क्षेत्रीले गीत, भिडियो मेकिङको कन्सेप्ट र टिम हेरेर यस म्युजिक भिडियोमा अभिनय गर्न तयार भएको गायक तथा प्रस्तुत कर्ता बिकले बताए।

उनका यसअघि आएका गीतमा महानायक राजेश हमाल, अभिनेता दिलीप रायमाझी, अभिनेत्री निरुता सिंह लगायतका प्रसिद्ध कलाकारहरूले अभिनय गरेका थिए। ‘निरमाया’को भिडियोलाई जिबि आग्रीले निर्देशन गरेका छन् भने कोरियोग्राफर कबिराज गहतराज हुन्। सञ्जय लामाले छायाङ्कन गरेको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्।

Leave A Reply

Your email address will not be published.