
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- आज विजयादशमी : कुन दिशा फर्केर लगाउने टीका ? यस्तो छ शुभ साइत र धार्मिक विधि
- राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
- खेलकुदसँग पर्यटन जोड्दै पोखरा एभेन्जर्स, क्याम्पिङ चौरको सौन्दर्यीकरण
- शारदीय नवरात्रको नवौँ दिन : सर्वसिद्धि प्रदायक माता सिद्धिदात्रीको महिमा र पूजाविधि
- आज कात्तिक ३ गते मङ्गलबारको राशिफल हेर्नुहोस
- ‘छ माया छपक्कै-२’ : प्रेमको कथा कि राजनीतिक महाभारतको ऐना?
- मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
- काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन
- दसैँमा ग्यास्ट्रिकको समस्याबाट कसरी जोगिने ?
- ३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
काठमाडौँ,
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ ।
आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो । आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरेका थिए ।

उनले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिए। मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उल्लेख गरे ।
आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था छ । सो केन्द्रले आवश्यक सूचना लिने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने जनाइएको छ ।