निर्वाचन आयोगले फागुन २१ मा तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा छलफल गर्न दलहरूलाई बोलाएको छ ।
निर्वाचनको मिति घोषणा गरेर कार्यतालिका सार्वजनिक गर्दा समेत दलहरुलाई छलफलका लागि नबोलाएको भन्दै सरकार र निर्वाचन आयोगको आलोचना भइरहेको थियो ।
निर्वाचनमा भाग लिने दलहरुलाई छलफलमा नबोलाएको आलोचना भएसँगै निर्वाचन आयोगले ३० असोजमा छलफलका लागि दलहरूलाई डाकेको छ ।