सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरामा निश्चल स्वस्तिमा, सिनेमा हल पुगेर दर्शकसँग साक्षत्कार (तस्बिर)

पोखरा ।

निश्चल बस्नेत निर्देशित सिनेमा “दिमाख खराब” हाल हलमा प्रदर्शन भइरहेको छ । कात्तिक २४ गतेबाट अल नेपाल रिलिज भएको सिनेमाको हालसम्मको व्यापार सुखद छ । सिनेमालाई दर्शकले रुचाएका छन् भन्दा अत्युक्त नहोला । यस्तैमा तिहार सकिएसँगै निश्चल र स्वस्तिमा खड्का मोफसल दौडिएका छन् अहिले । आइतबार मात्र उनीहरुले पोखराका सिनेमा हल पुगेर दर्शकसँग साक्षत्कार गरेका छन् । सभागृृहस्थित मिडटाउन सिनेमाज र चिप्लेढुंगा स्थित पोखरा सिनेप्लेक्स पुगेर सिनेमा “दिमाख खराब” हेर्न आएका दर्शकलाई निश्चल स्वस्तिमाले भेटेका छन् ।

तस्बिर : प्रेम थापा

Leave A Reply

Your email address will not be published.