काठमाडौँ,
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले १२० जना नेपाली नागरिकलाई विभिन्न सीपमूलक तालिम निःशुल्क प्रदान गर्ने भएको छ।
केन्द्रले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ६ वटा फरक(फरक विधामा तालिम सञ्चालन गर्न लागेको हो।
सूचना अनुसार बार टेन्डर, कम्प्युटर अपरेटर ९बेसिक०, एडभान्स कटाइ सिलाई, एडभान्स ब्युटिसियन, बेकर र वारिष्टा विषयमा तालिम दिइनेछ। प्रत्येक विषयका लागि २० जनाको कोटा निर्धारण गरिएको छ।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिले आगामी २०८३ वैशाख २९ गतेभित्र आवेदन दिनुपर्ने मंगलबार जारी सूचनमा उल्लेख छ ।