सुचना, समाचार र मनोरन्जन

नीता ढुङ्गानाको सुझाव : एकअर्काको खुट्टा तान्ने,कुरा काट्ने र नराम्रो भन्ने मनस्थिति मात्र दिमागमा नपालौँ

काठमाडौं :

अभिनेत्री तथा निमात्री नीता ढुङ्गानाको फिल्म ‘ह्रस्व दीर्घ’को प्राविधिक कारणले फिल्मको प्रदर्शन रोकियो। असोजमा आउने भनिएको यो फिल्मको काम नसकिएपछि निर्माण टिमले एक महिना अगावै तोकिएको मितिमा प्रदर्शन नसकिने भन्दै आफ्ना दर्शकमाझ क्षमा माग्यो। तर विभिन्न व्यक्तीहरुले अनेक कुरा गर्न र लेख्न थालेपछि अभिनेत्री ढुङ्गानाले सबै कुरा सकरात्मक सोच्न आग्रह गरेकी छन्।

उनले आइतबार बिहिबार सामाजिक सञ्जालमार्फत सकारात्मक सोच्ने बानी बसाल्न आग्रह गरेकी छन्। उनले यस्ता नकरात्मक सोच र खुट्टा तान्ने र कुरा काट्ने काम राम्रो नभएको र त्यसले आफैलाई हानी गर्ने उल्लेख गरेकी छन्।

उनी लेख्छिन्,‘सबैको लागि राम्रो सोच्ने बानी राखौँ। एकअर्काको खुट्टा तान्ने कुरा काट्ने र नराम्रो भन्ने मनस्थिति मात्र दिमागमा नपालौँ, यो पनि एउटा रोग हो। रोगलाई जति सक्दो आफूबाट टाढा बनाउनु नै उपयुक्त हुन्छ।’

नीताका अनुसार फिल्मको प्रदर्शन मिति छिट्टे तय गरिने केहि दिन अघि नै जानकारी दिइसकेकी छन्। चन्द्र पन्तको निर्देशनमा बनेको यो फिल्ममा नेपाली र भारतिय कलाकारहरुले अभिनय गरेको छन्। फिल्मको मुख्य भुमिकामा नीताका अलवा हरिहर अधिकारी रहेका छन्। केहि दिन अघि यस फिल्मको प्रमोसनल गीत सार्वजनिक भएको थियो। उक्त गीतको अहिले चौतर्फी प्रशंसाा भइरहेको छ।

Leave A Reply

Your email address will not be published.