सुचना, समाचार र मनोरन्जन

विराजकै बिँडो थाम्लान् त समिर भट्टले

काठमाडौं :

नेपाली फिल्मका उक्सन नायकको छवी बनाएका विराज भट्टको छोरा समिरले ‘१२ गाउँ’मार्फत फिल्ममा डेब्यु गरेका छन्। बुबा विराजकै निर्देशन तथा अभिनय रहेको ‘१२ गाउँ’मार्फत उनले अभिनेताका रुपमा डेब्यु गरेका हुन्। यस फिल्मको टिजर समेत सार्वजनिक भइसकेको छ। तर उनको चाम भने त्यति बढेको पाइएन।

बुबाकै शैली अपनाएका समीर भट्टलाई टिजरमा एक्सन अवतार हेर्न सकिन्छ। टिजर हेर्दा समीरले फिल्म क्षेत्रमा बलियो संभावना देखाएको अनुमान गर्न सकिन्छ। तर जति रुचाउनु पर्ने हो त्यति भने पाइदैन।

Pach Pandav

आउँदै गरेको वडादसैंको फूलपाति अर्थात् असोजको २४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मफिल्ममा कसैको बदलाको भाव कथामा भन्न खोजेको देखिन्छ। टिजरमा समीरको संवाद भने समावेश निर्देशकले गरेका छैन। यस फिल्ममा अधिकांशको डेब्यु भएको छ। यहि फिल्मबाट पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिसा भट्टराईले डेब्यू गर्दैछन्।

उनीहरुका अलवा फिल्ममा मुरलिधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भीष्म जोशी, सुलेमान शंकर, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट सिल्भाको अभिनय छ।

यो फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रविन केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ। साथै विराज भट्टको कथा, सन्तोष सरकारको पटकथा तथा संवाद छ। एक्सन थ्रीलर कथामा तयार भएको फिल्मको छायांकन काठमाडौं, ललितपुर, वीरगञ्ज र हेटौडामा गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.