
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
‘भ्रष्टाचार नियन्त्रणतर्फ सरकारको पहल प्रशंसनीय’
काठमाडौँ,
सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुआत भएको विश्वास व्यक्त गरिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज एक विज्ञप्ति जारी गर्दै शासकीय सुधारसम्बन्धी कार्यहरूको सूची जनादेशको भावना र मागअनुरूप हुनाका साथै धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषयहरू अधिकांश रूपमा समावेश भएको ठहर गरेको छ ।

संस्थाका अध्यक्ष मदनकृष्ण शर्माले पहिलो बैठकमा नै देशलाई सुशासनतर्फ लान समय सीमासहितको बृहत् कार्यसूची पारित गर्नुले सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको बताउनुभयो ।
विज्ञप्तिमापन तोकिएको समय सीमाभित्र सबै कार्य सम्पन्न हुनेछन् भन्नेमा आशा र विश्वास लिएको बताउँदै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सुशासन प्रबद्र्धनको कार्यमा आफ्ना अनुभव र विज्ञता उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।