सुचना, समाचार र मनोरन्जन

एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाज भिड्दैछन्।

 

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ। कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ। आजको खेल जितेर चितवन ‘प्लेअफ’को आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ।

 

करण केसीको नेतृत्वमा रहेको काठमाण्डुले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ। आजको खेल नजिते काठमाण्डुलाई ‘प्लेअफ’ पुग्न कठिन हुने देखिन्छ। यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन्।

Leave A Reply

Your email address will not be published.