Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘पेन्सन पट्टा’ ट्रेलर : बाबुको पेन्सनपट्टामा भेटिएको रहस्य, जेठी आमाको खोजीमा अर्को गाउँ पसे दयाहाङ
- ‘चोर बिरालो पल्क्यो’की गायिका श्रीदेवी र दयालुको ‘छोडेन कामैले’लाई दर्शकको साथ,कट्यो मिलियन भ्युज
- निखिलको दमदार एक्सनले भरिएको ‘आचार्य’को टिजरको चर्चा
- बराहक्षेत्रमा अन्तिम दृश्य खिच्दै ३५ दिनमा सुटिङ सकियो ‘तिरिमिरी झ्याइँ’को
- गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसललाई वडा १२ ले सघाउने
- सुटिङ चल्दा चल्दै ६ देशमा विक्री भयो पल शाहको ‘यानीमाया’
- फिल्म ‘पार्वती’ : अटिजमको कथा बोकेर फरकपन दिन खोजेको दाबी
- ६० वर्षमाथिका दर्शकलाई ‘गौँथली’ पैसा नलाग्ने,फिल्मले कटायो २५ करोड कलेक्सन
- पोखरा–दुबई उडान दिगा बनाउन पर्यटन व्यवसायीको अग्रसरता
- बुधबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा
एनपिएलः जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित निकालेको हो ।
पोखरा एभेञ्जर्सले जितका लागि दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो । जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो
जनकपुरको जितमा लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । यस्तै, आशिफ सेखले ३२, अनिल शाहले एक रन बनाउँदा अविजित रहँदै जम्स निशमले ४० र हर्ष ठाकरले १३ रन जोडे ।
बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेल, माइकल लिस्क र विपीन खत्रीले समान एक/एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो । पोखराका लागि मार्कस क्रिचले सर्वाधिक ३५ रन बनाए । माइकल लिस्कले २५, एन्ड्रिज गौसले २०, रेमन रेफरले १७ र दिलीप नाथले ११ रनको योगदान दिए । साथै दिनेश खरेलले १०, कप्तान कुशल भुर्तेलले छ रन जोडे भने अविजित रहँदै नारायण जोशीले पाँच र विपिन खत्रीले एक रन बनाए ।
जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, जेम्स निशमले दुई, मोहम्मद मोहसिन र किशोर महतोले समान एक/एक विकेट लिए ।
जारी एनपिएलमा पोखरा एभेन्जर्सको यो दोस्रो हार हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो ।
आज हुने दोस्रो खेलमा काठमाडौंँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।