सुचना, समाचार र मनोरन्जन

एनपीएलमा आज कर्णाली र चितवन तथा लुम्बिनी र पोखरा खेल्दै

काठमाडौं/

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुईवटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्सले चितवन राइनोजसँग खेल्दैछ । यसअघि कर्णालीले खेलेका दुवै खेल हारेको छ भने चितवनले दुवै खेल जितेको छ ।

आजै दोस्रो खेलमा दिउँसो १ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दै छन् । यसअघि एक खेल खेलेको लुम्बिनि पनि पराजित टोली हो । पोखराले पनि अहिलेसम्म खेलेका दुवै खेल हारेको छ ।

अन्तिम अपडेट: मंसिर २१, २०८१

Leave A Reply

Your email address will not be published.