काठमाडौं :
राजेशपायल राईको स्वरमा रहेको एनपिएल क्रिकेट गीत सार्वजनिक भएको छ। नारायण रेग्मीको शब्द रचना लक्ष्मण पोखरेलको संगीत रहेको उक्तमा अशोक थापाको संगीत संयोजन रहेको छ।
नेपाली क्रिेकेट फ्यान र खेलाडीहरुलाई उत्प्रेरणा दिने गरि तयार पारिएको गीतमा सर्वाधिक सफल गायक राजेश पायल राईले उक्ति कै मिठास तरिकाले गीतमा स्वर दिएका छन्। बजारमा आईरहेका क्रिकेट गीतहरु मध्येमा फरक खालको खेलौ एनपिएल हेरौ एनपिएल गीत रहेको गायक राईले बताए।
नेपाली खेलखुदको समग्र विकाशको लागि यो गीतले खेलप्रेमी दर्शकहरु र खेलाडीहरुलाई थप हौसला प्रदान गर्नेमा आशावादी रहेको गायक राजेशपायल राईले बताए। किरण सिंह थापाको रेकर्डिङ मनोज डंगोलके मिक्सिङ मास्टरिङ रहेको गीतमा नरोत्तम पाण्डेको क्यामरा र सम्पादन रहेको छ। गीतमा गायक स्वयमको अभिनय रहेको छ। गीत कि अफ लाईफ युटुव च्यालनबाट सार्वजनिक भएको छ।