सुचना, समाचार र मनोरन्जन

टस जितेर पोखरा एभेञ्जर्सले फिल्डिङ गर्दै

त्रिवि खेलमैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेञ्जर्स भिड्दैछन् ।

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन् । अब केहीबेरमा सुदूरपश्चिम रोयल्स ब्याटिङका लागि मैदानमा उत्रने छ।

पोखरा पहिलो जितको खोजीमा छ भने सुदूरपश्चिम जितको निरन्तरता चाहन्छ । पोखरा आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो । सुदूरपश्चिमले भने पहिलो खेलमा काठमाण्डू गोर्खाजलाई हराएको थियो ।

Leave A Reply

Your email address will not be published.