सुचना, समाचार र मनोरन्जन

नेपाल सुपर लिगको उपाधी ललितपुर सिटी एफसीलाई, पोखरा उपबिजेता

पोखरा/

ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ ।

शनिवार दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा अपराजित रहेर च्याम्पियन बन्यो ।

ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए ।

ललितपुर अपराजित रहँदै उपाधि जित्ने कीर्तिमान बनाएको छ । यस्तै एनएसएलको उपाधि रक्षा गर्ने पहिलो टिम पनि ललितपुर नै बनेको छ ।

ललितपुरले एनएसएलमा अपराजित खेलको शृंखला पनि बढाउँदै ११ पुर्‍याएको छ । दोस्रो सिजन अन्तिम ३ खेलमा अपराजित रहेको ललितपुर यस सिजन खेलेको ८ वटै खेलमा अपराजित रह्यो ।

च्याम्पियन ललितपुरले नगद ८० लाख प्राप्त गर्नेछ भने उपविजेता पोखराले ३० लाख हात पार्नेछ ।

Leave A Reply

Your email address will not be published.