सुचना, समाचार र मनोरन्जन

पोखरा–१२ः भत्ता नवीकरण गर्न आउने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण

पोखरा,
पोखरा महानगरपालिका वडा नम्बर १२ कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ ।

वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी लिन तथा आवश्यक स्वास्थ्य सेवामा पहुँच सहज बनाउन प्रेसर, सुगर र तौल परीक्षण निःशुल्क रूपमा उपलब्ध गराइएको हो । उनका अनुसार भत्ता नवीकरण गर्न आउने सेवाग्राहीले एउटै स्थानबाट स्वास्थ्य परीक्षण सेवा पनि प्राप्त गर्न पाएकाले सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।

वडा सचिव शारदा सापकोटाले वडा कार्यालय परिसरमा सञ्चालन भइरहेको उक्त सेवाबाट सयौँ ज्येष्ठ नागरिक लाभान्वित हुने अपेक्षा गरिएको बताइन । उनका अनुसार स्वास्थ्य स्वयंसेविका र शहरी स्वास्थ्य केन्द्रको समन्वयमा सञ्चालन भइरहेको यो सेवा साउन महिनाभर सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रमसँगै जारी रहनेछ ।

शहरी स्वास्थ्य केन्द्र प्रमुख सृजना थापाले यस्ता साना तर प्रभावकारी कार्यक्रमले समुदायमा जनस्वास्थ्यप्रतिको सचेतना बढाउनुका साथै ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षणलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन ।a

Leave A Reply

Your email address will not be published.