Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- शान्तिदीप स्कुलमा नयाँ विद्यार्थी स्वागत तथा पुरस्कार वितरण कार्यक्रम
- ‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं’
- नवआगन्तुक प्रमुख जिल्ला अधिकारीको सक्रियतामा फेवाताल सफाइ अभियान
- विश्वकप २०२६ः पोर्चुगल र कङ्गो पहिलो पटक आमनेसामने हुँदै
- प्रतिनिधिसभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
- फोहर बिक्रीबाट २४ लाख आम्दानी
- पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा असार २३ गते निर्मल निवास ३ घण्टा खुला
- च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल
- किन केही मानिसहरू लामखुट्टेका लागि ‘चुम्बक’ बन्छन्?
- कालीगण्डकीमा जलासय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गर्न ओलिको चुनौति
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नोसहित शङ्का लागेका सबैको सम्पत्ति निष्पक्ष ढङ्गबाट छानबिन गर्न माग गरेका छन ।
प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार रहेको स्पष्ट पारे ।
उहाँले बेथिति, विकृति र भ्रष्टाचार अन्त्यसहित सुशासन र सामाजिक सञ्जाल सञ्चालनको मुद्दा उठाएर जेनजी समूहले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई धनजनको क्षति भएको प्रसङ्ग उल्लेख गरे ।
“म कुनै आवेग र आक्रोसमा भन्दा सत्य स्थापित होस् भन्ने चाहन्छु । म हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ र मुलुकमा समृद्धि, समानता र शान्ति कायम हुनुपर्दछ भनी देश र जनताप्रति सदैव बफादर हुँदै आएको छु । सत्यप्रतिको मूल्यमान्यताबाट कहिल्यै विचलित हुन्न”, अध्यक्ष ओलीले भन्नुभयो, “सत्यको पक्ष लिँदा अहङ्कार र दम्भको भाषा बोल्यो भन्ने पर्न सक्छ । उक्त घटनाको यथार्थ क्रमशः खुल्दै जाला, हामी जनताको शान्ति, न्याय र लोकतन्त्रका पक्षमा कसैसँग सम्झौता नगरी लागिरहने छौँ ।”
निर्वाचनको सहज वातावरण नभएको आशङ्का गर्दै एमाले अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाका पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट गरे ।