सुचना, समाचार र मनोरन्जन

एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा चुनावका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष ओलीले मनोनयन दर्ता गराएका हुन । मनोनयनका लागि ओलि हिजो नै झापा गएका थिए ।

मनोनयन दर्ताअघि ओलीले नवयुवा आन्दोलनका क्रममा झापामा क्षति भएका संरचनाहरूको अवलोकन गरे। झापा–५ ओलीको गृह क्षेत्र हो ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाहले पनि मनोनयन दर्ता गराएका छन । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा यो क्षेत्र सर्वाधिक रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ ।

Leave A Reply

Your email address will not be published.