काठमाडौं :
आगामी फागुन २१ गते हुने भनिएको आम निर्वाचनको तयारी तीव्र रूपमा सुरु भएको छ। यसका लागि राजनीतिक दलहरू र निर्वाचन आयोग दुवै सक्रिय देखिएका छन्।
राजनीतिक दलहरूले आफ्ना उम्मेदवार चयन, प्रचार–प्रसार रणनीति र मतदातासँगको सम्बन्ध मजबुत बनाउन बैठक र क्षेत्रीय अभियान सञ्चालन गरिरहेका छन्। प्रमुख दलहरूले गठबन्धनको रूपरेखा, चुनावी घोषणापत्र र मतदातालाई लक्षित कार्यक्रमहरू तयार पारिरहेका छन्।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शुक्रबार दिउँसो महाराजगञ्जमा ओली र देवाबीच भेटघाट भएको हो।
देउवा र ओलीबीच भएको छलफलमा देउवा पत्नी आरजु राणा देउवा तथा ओली पत्नी राधिका शाक्य पनि सहभागी भएका छन्। देउवा सचिवालयले जनाए अनुसार भेटवार्तामा के विषयमा छलफल भयो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।