
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तिहारको झिलिमिली देख्दा २०७३ सालअघिका अँध्यारा दिनहरू सम्झिन्छुः कुलमान
- अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
- लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
- नरक चतुर्दशीः सत्कर्मको मार्ग अपनाउन प्रेरित गर्ने पर्व
- यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
- यमपञ्चकको आज दोस्रो दिनः कुकुर तिहार र नरक चतुर्दशीसँगै साँझ लक्ष्मीपूजा गरिँदै
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
तनहुँको व्यासगुफामा एकमहिने विश्व ॐकार पर्व
तनहुँ,
व्यास ऋषिको तपोभूमि व्यास नगरपालिका–३ व्यासगुफा क्षेत्रमा एकमहिने दशौँ विश्व ऊँकार तथा हिन्दू महामिलन पर्वका साथै श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
वेदअनुयायी प्रतिष्ठान केन्द्रीय कार्यसमितिको आयोजनामा महामिलन पर्व कात्तिक १ गतेदेखि कात्तिक मसान्तसम्म र श्रीमद्भागवत महायज्ञ कात्तिक ९ देखि १७ गतेसम्म सञ्चालन गर्न लागेको हो । महामिलन पर्वको सन्त ओमबाबा र महायज्ञको प्राध्यापक आचार्य हरिहरण उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम रहेको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
ऋषिपराशरको तपोभूमि मातासत्यवतीको क्रिडास्थली र महर्षि वेदव्यासको अवतरणस्थल शुक्लामाहेन्द्रीको सङ्गममा धार्मिकस्थल व्यास प्रयाग रहेको छ । विगतका वर्षझै यस वर्ष पनि विश्व ॐकार तथा हिन्दू महामिलन पर्वलाई निरन्तरता दिइएको प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिए ।
महर्षि वेदव्यासको अवतदण भूमिलाई विश्व मञ्चमा पहिचान गराई व्यास प्रयागतीर्थका रूपमा पहिचान गराउन सहयोग पुग्ने विश्वास लिइएको सो प्रतिष्ठानले जनाएको छ ।

“श्रीमद्भागवत भागवत ज्ञान महायज्ञ हामी सबै गाउँ, नगर, देशवासी विश्व ॐकार परिवार र वेदानुयायीहरूको साझा कार्यक्रम हो”, उहाँले भन्नुभयो, “यज्ञमा सबै जातजाति, वर्ण, लिङ्ग सम्प्रदायको सहभागिता गराइनेछ ।”
“भागवत सप्ताह लगाउने सबैको चाहना हुने तर लगाउने समय र अर्थ परिवेश वातावरणका कारण लगाउन सकिरहेका हुँदैनन् त्यस्ता महानुभावहरूले यज्ञमा कर्ताका रूपमा उपस्थित भई आफ्नो अभिष्ट शिद्ध गर्न सक्नेछन्”, काफ्लेले भने ।
प्रतिष्ठानले महायज्ञमा कर्ता बस्न चाहनेका लागि रु २५ हजार न्यूनतम शुल्क निर्धारण गरेको छ । महायज्ञमा रुद्री, बण्डी, वेद, प्राणको पाठपारायण ग्रहशान्ति, कालसर्प योग शान्तिकर्मसँगै सञ्चालन हुने समितिका उपाध्यक्ष ऋषिराम ढुङ्गानाले बताए ।
उनले भने, “कर्ता हुनेले आ–आफ्ना पितृहरूको फोटा र बितेको ठाउँको माटो ल्याउनुपर्ने हुन्छ । व्यक्ति, सङ्घसंस्था वा टोल, समूह पनि कर्ता बन्न पाइने व्यवस्था छ ।” कात्तिक १ गतेका दिन विश्व ॐकार तथा हिन्दू महामिलन पर्व बिहान ११ः०० बजे दमौलीमा शोभायात्रा गरी कार्यक्रमको उद्घाटन गरिने प्रतिष्ठानले जनाएको छ ।