काठमाडौं :
ओप्सना फिल्मस् प्रा.लि.ले आयोजना गर्न लागेको ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड २०८२’ को दोस्रो संस्करणका लागि नोमिनेसन सार्वजनिक गरिएको छ।
अध्यक्ष तथा संगीतकार ओम प्रकाश राईका अनुसार यस वर्ष संगीत, चलचित्र, टेलिश्रृंखला, भाषा-भाषी गीत, लोक, डेउडा, आधुनिक, पप लगायतका ३९ विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गरिनेछ।

कार्यक्रममा संगीत र कलाकारिता मात्र नभई खेलकूद, पत्रकारिता र सामाजिक सेवा लगायतका क्षेत्रका व्यक्तित्वहरूलाई पनि विशेष सम्मान र पुरस्कार दिइने बताइएको छ।
त्यस्तै, लामो समयदेखि गीत–संगीतमा योगदान दिएका व्यक्तित्वलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’, तथा विदेशमा बसेर नेपाली गीत–संगीत र अन्य क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तिहरूलाई ‘डायस्पोरा अवार्ड’ प्रदान गरिने आयोजकले जानकारी दिएको छ।