सुचना, समाचार र मनोरन्जन

पाँडेको झरिपछिको इन्द्रेणीको गीतले एकै दिन पायो १३ लाख भन्दा बढि भ्युज

काठमाडौं :

पौष ४ गते अर्थात् आगामी शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘झरीपछिको इन्द्रेणी’को ओएसटी ‘आम नेपाली बुवा’ले रिलिज भएको एकै दिनमा १३ लाखभन्दा बढि भ्युज पाएको छ आइतबार राती सार्वजनिक भएको ‘झरीपछिको इन्द्रेणी’को यो र्‍याप गीतलाई अहिलेसम्म १३ लाख ४६ हजारभन्दा बढि दर्शकले अत्याधिक रुचाएका छन्।

एक लाख ५० हजारभन्दा बढिले गीतलाई लाइक गरेका छन् भने गीतको कमेन्ट बक्समा १३ हजार ५ सयभन्दा बढिले सकरात्मक प्रतिक्रिया दिएका छन्। दर्शकले हालको नेपालको वर्तमान अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेको भन्दै प्रशंसाको ओइरो लगाएका छन्। आम नेपाली बुवा’मा र्‍याप सँगै शब्द पनि बालेनको छ । आम बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्धलगायत समाजको यथार्थ र्‍यापमा समावेश गरिएको छ । भिडियोमा सिनेमाका दृश्यहरू समेटिएको छ ।

गीतका शब्द र र्‍यापको कोरसमा समावेश महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको अंश ‘कुन मन्दिरमा जान्छौ यात्री’ दर्शक तथा श्रोताले रुचाएका छन् । जसले सिनेमाप्रति दर्शकमा उत्साह पैदा गर्न सफल भएको छ । यो गीतले २४ घण्टामा नै १० लाख भ्युज पाउन सफल भएको थियो। यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले छोटो समयमा दर्शकबाट पाएको यो मायाले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् ।

Pach Pandav

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन्। यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए । सिनेमामा गणेशसहित रमेश उप्रेती,प्रकाश घिमिरे, दीपाश्री निरौला,सरिता गिरी,देशभक्त खनाल,निर्मल शर्मा,कृष्ण शिवाकोटी,कृष्णभक्त महर्जन,अर्जुन घिमिरे,प्रियना आचार्य मुन्नी,अंशु महर्जन,राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ।

बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।

Leave A Reply

Your email address will not be published.