काठमाडौँ,
५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तव छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर विजक जारी गरी कारोबार गरेको कसुरमा मुद्दा चलाएको थियो । २४ वैशाख २०८१ मा उक्त मुद्दामा उच्च अदालत पाटनले फैसला गर्दै ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र २ वर्ष कैदको सजाय सुनाएको थियो ।
फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर कारागार पठाइएको छ ।