सुचना, समाचार र मनोरन्जन

पल शाह र पूजा शर्माबीच बोलचाल खुल्यो, फ्यानहरुले दिए बधाई

काठमाडौं :

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माबीचको मनमुटाव टुङ्गिएपछि बधाई दिनेको ओइरो लागेको छ। उनीहरुको बीचको मनमुटाव टुटेको र नयाँ प्रोजक्टमा सहकार्य गर्न लागेको समाचार बाहिरिएपछि उनीहरुका फ्यानले सामाजिक सञ्जालमार्फत बधाई दिदै खुशी व्यक्त गरेका हुन्।

Pach Pandav

अभिनेता पल शाह गतवर्षको फागुन १५ गते नाबालिका बलात्कार केसको सफाइ पाउँदै जेलबाट रिहा भएका थिए। उनी जेल जाँदै गर्दा उनीहरुबीच सुमधुर सम्बन्ध रहेको थियो। तर एक वर्ष लामो जेल जीवनबाट सफाइ पाउँदै रिहा भएका पल र पूजाबीच अचानक पानी बाराबारको अवस्था सिर्जना भएको थियो। पूजाले आफुले बनाउने हरेक फिल्ममा पलसँग सहकार्य गर्ने बताउदै आएकी थिइन्। जव पल जेलबाट बाहिर आए तर पूजालाई वास्तै गरेनन्। नगरेपछि पूजाले चित्त दुखाएको कुरा बाहिर आएको थियो।

उनीहरुबीचको दरार दरै रहेको थियो। पलसँग भिडियो खेल्न आएका अफर समेत पूजाले अस्विकारसम्म गरेकी थिइन्। अब भने पल र पूजा भने नयाँ काम गर्ने समेत भएका छन्। पलले हालै पूजालाई भेट्नका लागि पूजाले संचालनमा ल्याएको ट्याग रेष्टुरेण्ट झम्सिखेल पुगेका थिए। उनीहरुबीच मनमुटाव हुनुको बारेमा आत्मसमिक्षा गर्दै अबका दिनमा सँगै काम गर्ने बारेमा छलफल गरेका थिए। स्रोतका अनुसार पल र पूजाबीच २–३ पटक यही रेष्टुरेण्टमा भेट भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.