काठमाडौं :
केही दिन पहिले ‘हिमाली छोरी’ बोलको गीतको भिडियो दर्शक, स्रोता माझ ल्याएकी गायिका पल्मु शेर्पाको अर्को भिडियो ‘मकालु शेर्पा गाउँ’ सार्वजनिक भएको छ ।
पल्मुलाई दावा लामा शेर्वाले स्वरमा साथ दिएका छन् । गायिका शेर्पाको आफ्नै गृह जिल्ला सिन्धुपाल्चोकको भोटेकोशी वरपरका सुन्दर दृश्य कैद गरिएको ‘मकालु शेर्पा गाउँ’ लाई गायिका शेर्पाको अफिसियल युटूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
जीवन बम्जनको शब्द, कम्पोज रहेको ‘मकालु शेर्पा गाउँ’ को भिडियोमा लाक्पा शेर्पा, दावा लामा शेर्वा, पासाङ डि. शेर्पा आदिको अभिनय रहेको छ भने निर्देशन सर्जु राईले गरेको हुन् ।