सुचना, समाचार र मनोरन्जन

भरतपुरमा कृषि एम्बुलेन्सले मान्छे होइन,तरकारी,खसिबोका र फलफुल बोकेर बजार दौडन्छ

भरतपुर :

भरतपुरको चेपाङ गाउँ हपनीमा कृषि एम्बुलेन्सको चहलपहलले गाउँले हर्षित बनेका छन्। बिहान सबेरै हर्न बजाउँदै गाउँलेलाई उठाउदै एम्बुलेन्स पुग्ने गरेको छ। बिहान ४ बजे नै हर्न बजाउँदै एम्बुलेन्स आएपछि घरघरमा भएका तरकारी र फलफूल बोक्ने गर्छ ।

चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्सले त्यहाँका स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ ।

उक्त एम्बुलेन्सले बिहानै ४ बजे उठेर हपनी, माझखर्क ओल्र्याङबाट किसानको तरकारी फलफूल र अन्य सामग्री गाडीमा लोड गरेर फिस्लिङ, मौवाखोला, शक्तिखोर, टाँडीलगायतका बजारसम्म लैजाने गरेको कृषि एम्बुलेन्स चालक दीपककुमार प्रजाले बताउँछन्।

बिहान कलेक्सन गरेको तरकारी फलफुल दिनभर बेचेपछि उनी साँझ गाउँ फर्केर किसानको पैसा बुझाउने गरेका छन्।

उनका अनुसार कृषि एम्बुलेन्स चलाउन थालेपछि गाउँमा परिवर्तन आएको छ भने गाउँका सबै सामान बजार लगेर बिक्री गर्न पाइएको छ । अब गाउँलेहरुले डोकोमा सामाग्री बोकेर घन्टौँ हिँड्नुपर्ने बाध्यता समेत हटेको छ।

यो एम्बुलेन्सले गाउँका खसी बोका समेत बिक्रीका लागि बजार लैजाने गरेको छ । अघिल्लो महिना चार पाँच टिप खसीबोका बजार लगैँ’, चालक प्रजाले भने, ‘रु पाँच सय ५० केजीमा गाउँबाटै खसीबोका बिक्री हुने गरेको छ ।’

Leave A Reply

Your email address will not be published.