सुचना, समाचार र मनोरन्जन

खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ सार्वजनिक

काठमाडौं :

बहुप्रतिभाका धनि अभिनेता तथा लेखक खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा आयोजित समारोहमा अभिनेता नीर शाह, अभिनेत्रीहरु ऋचा शर्मा, स्वस्तिमा खड्का, सुरक्षा पन्त, निर्देशकहरु निश्चल बस्नेत, दीपेन्द्र खनाल, मनोज पण्डितलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

Pach Pandav

यस अघि यहि नाममा खगेन्द्रले फिल्म निर्माण गरेका थिए। फिल्मले व्यवसायिक हिसावले सफलता हात पार्न सकेको थिएन। उनले लामो समय मेहनत गरेर पुस्तक पाठकमाझ ल्याएका हुन्। अभिनेता लामिछानेको यसै पुस्तकमा आधारित नाटक केही समयअघि मञ्चन समेत भएको थियो ।

पुस्तक विमोचनपछि अभिनेता शाहले ‘पानीफोटो’ पुस्तक फिल्म बनाउन सहज छैन नभएको बताए। उनले पुस्तकको प्रशंसा गर्दै फिल्मको पाठ्यक्रममै राख्न योग्य रहेको बताए ।

उनले भने, ‘पानीफोटोले सम्पूर्ण योग्यता बोक्छ, यसले चलचित्र पढ्ने विद्यार्थीहरुलाई ग्राजुएसन गर्न चाहिने विषयवस्तु बोकेको छ ।’ कार्यक्रममा फिल्म निर्माता अशोक शर्मा, सौरभ राई, अभिनेत्री मल्लिका महत लगायतको पनि उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.