सुचना, समाचार र मनोरन्जन

म्याग्दीमा ‘परालको आगो’ फिल्मको धमाधम छायांकन

म्याग्दी :

करिब १८/१९ महिनाको तयारीपछि फिल्म ‘परालको आगो’ म्याग्दीमा छायांकन सुरु भएको छ। गुरु प्रसाद मैनालीको कथाबाट प्रेरित यो फिल्म हरि ॐ सिने मेकर्सको ब्यानरमा निर्माण भइरहेको हो।

निर्माता सुशील पोखरेलको लगानीमा बन्ने फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका छन्। फिल्ममा प्रकाश सपूत, सौगात मल्ल, सुहाना थापा, सृजना अधिकारी, ज्याक श्रेष्ठ, शंकर आचार्य, कुलदिप अधिकारी, सरिता भण्डारीलगायत कलाकारको अभिनय रहनेछ।

फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले तयार गरेका हुन् भने संकल्प भुजेलले छायांकन जिम्मा लिएका छन् । निर्माण संयोजक नगेन्द्र घिमिरे र मुख्य सहायक निर्देशक करण बहादुर साउद रहेका छन्। निर्माताले ‘परालको आगो’ यसै वर्ष (२०८२ साल) मा प्रदर्शन गर्ने लक्ष्य राखेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.