बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र परानले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्यो।
परान अझैपनि देशभरका ३० हाराहारी हलमा प्रदर्शन भइरहेको छ । शनिबार ३० बढी शो दिइएको परानले आइतबार केहि कम हल पाएको छ । यद्यपी कतिपय हलमा अहिलेपनि हाउसफुलका साथ परान प्रदर्शन भइरहेको छ । शनिबार ललितपुरको लबिम मलमा रहेको सिनेमा हल हाउसफुल रह्यो । साथै पश्चिमका केहि हलमा पनि दर्शकको राम्रो उपस्थिती थियो। उपत्यकाका भक्तपुर, चाबहिल, गोंगबु, नयाँबसपार्क, नयाँ बानेश्वरमा रहेका सिनेमा हलमा दर्शकको संख्या राम्रो छ । यस्तै मोफसलमा नेपालगन्ज, दाङ, बुटवल, चितवन, इटहरी जस्ता शहरहरुमा पनि दर्शकको संख्या राम्रो देखिन्छ ।
१८ करोड रुपैंया ग्रस कलेक्सन
चलचित्रका निर्माता रन्जित आचार्यले परानले ५१ दिन पुरा गर्दा १८ करोड रुपैंया ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् । यो सँगै परानले नेपाली चलचित्रको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म समेते बनेको छ ।