काठमाडौं :
निखिल उप्रेती एकपछि अर्को फिल्ममा अनुबन्ध भएर काम थालेका छन्। लामो समयपछि उनको नेपाली फिल्ममा आगमन भएको छ। उनको मुख्य भुमिका रहने फिल्म ‘पारस’मा अभिनेत्री प्रियंका कार्की पनि अनुबन्ध भएकी छन्। यसअघि यो फिल्मका लागि जसिता गुरुङ अनुबन्ध भएकी थिइन्। अब निखिलको जोडी जसिता कि प्रियंका कार्की भन्ने चर्चा हुन थालेको छ।
एक्सन फिल्म ‘पिताम्बर’जस्तो फिल्म निर्देशन गरेकी
निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको यो फिल्म एक्सनै जनरामा बन्ने कमफम जस्तै छ। किनभने निखिल र कृषा भएपछि पारिवारिक भन्दा बढि एक्सनमा नै दर्शकको दिमाग घुमेको हुन्छ। यि तीन कलाबार बाहेक अरु को को रहनेछन् भन्ने बारेमा निर्माण टिमले जानकारी दिएको छैन।
केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् भने डीओपी पुरुषोत्तम प्रधानले गर्नेछन्। यस फिल्मको सुटिङ छिट्टै जाने तयारी निर्माण पक्षको छ।