पोखरा,
राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा वृहत तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय परोपकार महासंघ नेपालका परिकल्पनाकार संरक्षक अध्यक्ष भागवत भाष्कर गुरूदेव कमल नयन गौतम ज्यूको विशेष उपस्थिती, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली अधिकारी लगायतको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला सदस्य डिल्लीरमण पराजुलीले स्वागत एवम् पतन्जली महिला योग समुह कास्कीका अध्यक्ष उर्मिला हिराचन, वरिष्ठ पत्रकार सुस्मा पौडेल, वडा एकाई ५ का अध्यक्ष लक्ष्मी शर्मा, नगर नारी समितिका अध्यक्ष गिता लामिछाने, केन्द्रिय उपाध्यक्ष सिता पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विभिन्न वडा एकाई एवम् समुहहरूको प्रतिनिधित्व गरेर मौलिक प्रस्तुतिहरू संस्थाका सदस्यहरू एवम् स्थानिय कलाकारहरू निर्मला सुवेदी, अम्बिका ढकाल, वुद्द आमा लगायतको प्रस्तुती सहित दर खुवाउॅदै कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष रेणु थापाले गरेकी थिईन भने कार्यक्रम संचालन सचिव प्रतिभा के.सीले गरेकी थिइन। देशभर विभिन्न अभियानहरू संचालन गरिरहेको संस्थाले प्रत्येक वर्ष हरितालिका तीजको अवसरमा दर खुवाउने कार्यक्रम गर्दै आइरहेको छ।


