सुचना, समाचार र मनोरन्जन

‘झीगु सः’ को समारोहमा दुई पत्रकार सम्मानित

काठमाडौं :

टेलिभिजन पत्रकारिताको क्षेत्रमा नेपालभाषाको माध्यमबाट सञ्चार यात्रामा रहेका दुई जना पत्रकार सम्मानित भएका छन्। शनिबार नेपालभाषाको टिभी कार्यक्रम ‘झीगु सः’ (हाम्रो आवाज)को दुई सय भाग पुरा भएको उपलक्ष्यमा दुईजना पत्रकार सम्मानि भएका हुन्।

लहना मिडियाद्वारा आयोजित समारोहमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनबाट मीना बज्राचार्य र बिराजकाजी राजोपाध्यायलाई सम्मान गरिएको हो। उनीहरुको पत्रकारिताको योगदानको कदर गर्दै सम्मान गरिएको हो। सोही समारोहमा हालै रेडियो नेपालको कार्यकारी निर्देशक पदमा नियुक्त भएका अमर ध्वज लामा बललाई बधाई तथा शुभकामना समेत गरियो। प्रमूख अतिथी माननीय मन्त्री महर्जनले सो समारोहमा आफ्नो मन्तव्य राख्दै नेपाल भाषालाई संस्कृती भएको बताए।

उनले भने,‘नेपालको अम्रल्य सम्पदा भनेको नेपालभाषा भाषा र नेवाः संस्कृति हो। यही कुरालाई ध्यानमा राखेर बागमति प्रदेश सरकारले नेपालभाषा र तामांग भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कानूनी मान्यता दिइसकेको अवस्था छ। यसलाई अब कार्यान्वयनमा ल्याउने जिम्मेवारी हामी सबैको हो।’

लहना मिडिया द्वारा आयोजित यस समारोहको सभापति झीगु सः टिभी कार्यक्रमका निर्माता निर्देशक विजयरत्न असंबरेले नेपालभाषाको टेलिभिजन पत्रकारिताको शुरुवात दिनदेखिको विकासक्रम बारे प्रकाश पारे। उनले नेवाः पत्रकार राष्ट्रिय दबुका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन, लहना मिडियाका व्यवस्थापक एवं कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ र लहनाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए।

सोही कार्यक्रममा सबिना मानन्धर,लसता जोशी , सानुबाबु महर्जन , सुरज व्यन्जनकार , अमर चित्रकार,अमोघवीर बज्राचार्य,रोजी श्रेष्ठ डंगोलले गायन र शाश्ता बज्राचार्य, उत्पला बज्राचार्य , सम्पदा बज्राचार्य ले नृत्य प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.