सुचना, समाचार र मनोरन्जन

कसको ‘पर्खाइ’मा छन् दीपेन्द्र सोनाम (भिडियो सहित)

काठमाडौँ :

गायक तथा मोडल दीपेन्द्र सोनाम कसको पर्खाइमा रहेका छन्। उनी भिडियोमा कसैको पर्खाइमा रहेको बुझ्न सकिन्छ। उनी कसैको पर्खाइमा रहेको छन् भन्दा पनि यो कुरा हालै सार्वजनिक भएको म्युजिक भिडियोको हो। यहि गीतमार्फत स्रोता तथा दर्शकको प्रतिक्रियाको पर्खाइमा रहेका छन्।

Pach Pandav

उनको सुमधुर स्वरमा सजिएको ‘पर्खाई ’ बोलको म्युजिक भिडियोमा उनी आफैले अभिनय गरेका छन्। उनै शब्द रचना तथा संगीत रहेको यो गीतको भिडियोमा उनका अलवा रिस्ता अधिकारी र नरेश लामिछाने रहेका छन्। उत्सव दाहालको छायांकन रहेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन र कलर गरेका छन्। प्रेमिल जोडी लक्ष्मी बर्देवा र जिबन भटराईको निर्देशन र लक्ष्मी बर्देवाको कथामा भिडियो तयार पारिएको निर्माण पक्षले जानकारी दिएको छ।

सिन्धुपाल्चोकबासी दीपेन्द्र गायक, मोडलका अलवा युवा व्यवसायी हुन्। उनले अहिलेसम्म झण्डै एक दर्जन गीतमा स्वर दिइसकेका उनले चार दर्जन म्युजिक भिडियोमा अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.