
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कास्की–१ कांग्रेसको सभापतिमा नरेन्द्र थापा ‘नरेन’को उम्मेदवारी
- धरानमा ‘नाइनटिज धरानेज लाइभ कन्सर्ट’ हुने: असोज २० मा ९० को दशकका चर्चित गीत गुञ्जिने
- नेपालमा नम्बर १ सहित १३ देशमा ट्रेन्डिङ ‘आचार्य’
- बिपना, वर्षा र महेश पछि नबिन पन्तको “बाकस” मा भोला र शुपला अनुबन्ध
- ‘पाँच पाण्डव’को फर्स्टलुक सार्वजनिक: महाभारतका पात्र र समकालीन समाजको कथा
- देशको १३ शहरका सांगीतक टुर गर्दै प्रकाश सपुत, प्रमोदसहित परम्परा र फिरन्ते
- नव लक्स कस्मेटिक ब्राण्डको ब्राण्ड एम्बेसडरमा रुषा न्यौपाने नियुक्त
- असोज ७: संरक्षण क्षेत्रका दिवङ्गत व्यक्तित्वहरूको योगदानको स्मरण
- शे–फोक्सुण्डो प्रवेश गरेका १०२ पर्यटकप्रति सुरक्षा चासो, सतर्क रहन आग्रह
- नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढ्यो
पशुपतिनाथमा विशेष पूजा
काठमाडौँ,
पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके अनुसारको दक्षिणाको रसिद काटी विशेष पूजा गरेका हुन् ।
चान्द्रमासअनुसार आज अन्तिम सोमबार हो । गत सोमबार करिब ३०० भक्तजनले विशेष पूजा गरेका थिए । भक्तजनले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।

चान्द्रमासअनुसार श्रावण महिनाको चौथो अर्थात् अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना गर्ने भक्तजन अहिले पनि लाममा बसेका छन् । बोल बम यात्री बिहान २ः०० बजेदेखि नै लाममा बसेका थिए । पशुपतिनाथका चार ढोका भने आज बिहान ४ः०० बजेदेखि मात्र खोलिएको थियो ।
सौरमास अनुसारका चार सोमबार बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चार ढोका खुला गरिएको थियो । चान्द्रमास अनुसारको सोमबार के गर्ने भन्ने निर्णय नभएकाले बिहान ४ः०० बजे मात्र ढोका खोलिएको कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले बताउनुभयो ।
सौरमासअनुसार साउनका सोमबार जत्तिकै पशुपति क्षेत्रमा आज पनि भक्तजनको उपस्थिति रहेको छ । चाडपर्व चान्द्रमासअनुसार मनाइने भएकाले चान्द्रमास अनुसारको सोमबार पनि पशुपति क्षेत्रमा भक्तजनको उपस्थिति रहेको कोषले जनाएको छ ।