सुचना, समाचार र मनोरन्जन

मतदाता नामावली दर्ता गर्न जाँदा र फर्किंदा पठाओ चढ्नेलाई ५० रुपैयाँ छुट

मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय जाँदा र फर्किंदाको राइड शेयरिङ एप पठाओ चढ्नेले छुट पाउने भएका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्ने नागरिकलाई लक्षित गर्दै कम्पनीले काठमाण्डौ उपत्यकाभित्र ५० रुपैयाँ छुटको व्यवस्था गरेको हो ।

काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाको निर्वाचन कार्यालयसम्म जान र आउन पठाओ एप प्रयोग गरेमा छुट दिइने कम्पनीले जनाएको छ । छुट पाउनका लागि राइड बुक गर्ने सयममा पठाओ एपमा निर्वाचन कार्यालयको नाम राख्नुपर्नेछ ।

एपमा जिल्ला निर्वाचन कार्यालय, मिनभवन नयाँ बानेश्वर, जिल्ला निर्वाचन कार्यालय सल्लाघारी र जिल्ला निर्वाचन कार्यालय जावलाखेल राख्नुपर्नेछ ।

Leave A Reply

Your email address will not be published.