गण्डकी : कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले लागुऔषध बिक्री तथा सेवन, मदिार पान गरेर समाजमा अशान्ति फैलाउने, गुण्डागर्दीको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो । स्वीप अप्रेसन बिहीबार राति ९ः०० देखि आज बिहान ६ः०० बजेसम्म सञ्चालन भएको थियो । अघिल्लो दिनको अप्रेसनमा जिल्लाका विभिन्न स्थानबाट १२२ जनालाई पक्राउ गरिएको थियो ।
बिहीबार पक्राउ परेका १२२ मध्येआठ जनालाई लागू औषधसम्बन्धी कसूर तथा २७ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
यसैगरी १५ जनालाई जरिवाना गरी छाडिएको, ७० जनालाई सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाइएको र दुई जनालाई ‘होल्ड’मा राखिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।